Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसद् विघटनविरुद्ध मुद्दा हाल्न कांग्रेससहित ५ दलका नेताहरु आज सर्वोच्च जाँदै

संसद् विघटनविरुद्ध मुद्दा हाल्न कांग्रेससहित ५ दलका नेताहरु आज सर्वोच्च जाँदै


  • 5.8K
    Shares

    संसद् विघटनविरुद्ध  मुद्दा हाल्न कांग्रेससहित ५ दलका नेताहरु आज सर्वोच्च जाँदै

    काठमाडौँ । संसद् विघटनविरुद्ध नेपाली कांग्रेससहित ५ दलले आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन् ।

    नेकपा माओवादी केन्द्रका नेता देव गुरूङका अनुसार प्रतिनिधि सभा भंगविरुद्ध रिट दर्ता गर्न अदालत जाने तयारी भइरहेको छ । ‘यति बजे नै अदालत जाने भन्ने त छैन,’ सोमबार बिहान उनले भने, ‘आज कुनै समय अदालतमा मुद्दा दर्ता गर्छौं ।’

    हिजै अदालत जाने तयारी गरेका ५ दलले आफ्ना पक्षका १ सय ४९ जना सांसदको नागरिकतासमेत लिएर जाने निर्णय गरेकाले त्यो संकलन गर्न समय लागेपछि मुद्दा हाल्ने समय आजका लागि सारिएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार यही जेठ ७ गते १ सय ४९ सांसदको हस्ताक्षर लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कार्यालय पुगेर प्रधानमन्त्री पदको दाबी पेस गरेका थिए ।

    तर राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै उनको निवदेन खारेज गरेर संसदै विघटन गरेपछि विपक्षी ५ दलले कानुनी लडाइँ सुरु गरेका हुन् । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टी एमालेको माधव नेपाल पक्ष पनि सहभागी छ ।

    आज दर्ता गर्न लागिएको रिटमा  प्रतिनिधि सभा पुनःस्थापनासँगै कांग्रेस सभापति देउवाले गरेको दाबी सदर गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न पनि माग गरिने नेताहरूले बताएका छन् ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने घोषणा गर्दै संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका थिए । तर पछि उनी आफैं पनि १५३ सांसद आफन पक्षमा रहेको भन्दै प्रधानमन्त्री पदको दाबी गर्न राष्ट्रपति कार्यालय पुगेका थिए ।

    यसपछि राष्ट्रपतिले ओली र देउवा दुवैको दाबी नपुगेको भन्दै शुक्रबार मध्यराति प्रतिनिधि सभा नै भंग गरेकी हुन् । यसविरुद्ध चौतर्फी विरोध भइरहेको छ ।

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १०:२८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij