२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । अहिले काठमाडौं उपत्यकामा पनि गड्याङगुडुङसहित पानी पर्न सुरु भएको छ। देशका धेरै स्थानमा यति बेला दिउँसो पानी परिरहेको छ ।
बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर मेघगर्जनसहित असिनापानी परिरहेको छ । यस दिन देशका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा उपत्यकाको आकाशमा बाक्लो कालो बादल मडारिएको छ। दिउँसै अँध्यारो भएपछि सडकमा गुड्ने सवारी साधनहरूले 'हेडलाइट' बालेर यात्रा गर्नुपरेको थियो। कोटेश्वर, बानेश्वर, रत्नपार्क र चक्रपथ क्षेत्रमा गुड्ने सवारी साधनहरू दिउँसै बत्ती बालेर मन्द गतिमा गुडिरहेका छन्।
मौसम पूर्वानुमान महाशाखाले यसअघि नै पानी पर्ने प्रक्षेपण गरेअनुसार काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। उपत्यकामा तीव्र गतिको हावाहुरी चलेका कारण कतिपय स्थानमा पैदलयात्री र मोटरसाइकल चालकहरू सडकमै रोकिएका छन्।
यसैबिच पछिल्लो तीन घण्टामा दाङको अम्बापुरमा सबैभन्दा बढी (३३.८ मिलिमिटर) वर्षा भएको दिउँसो २ बजे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij