Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने, सांसद संख्या १४९ नाघेको प्रचण्डको दावी

विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने, सांसद संख्या १४९ नाघेको प्रचण्डको दावी


  • 8.1K
    Shares

    विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने, सांसद संख्या १४९ नाघेको प्रचण्डको दावी

    काठमाडौं । विपक्षी गठबन्धनको तयारी नपुगेका कारण भोलिमात्र सर्वोच्च अदालतमा रिट लिएर जाने भएका छन् ।

    परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा रहे पनि माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर नजुटेको र अन्य तयारी पनि नपुगेकाले भोलि बिहान १० बजे अदालत जाने निर्णय भएको हो ।

    संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी नपुगेका कारण भोलि बिहान आफूहरू भौतिक रूपमै अदालतमा उपस्थित भएर रिट दायर गर्ने बताए ।

    उनले माधव नेपाल पक्षका सांसद घटेको भन्ने कुरा गलत रहेको भन्दै १४९ बाट संख्या बढेको दावी गरे ।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १६:१५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij