Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

रारा घुम्न आएकी युवतीको मृत्यु

रारा घुम्न आएकी युवतीको मृत्यु


  • 477
    Shares

    • images
    रारा घुम्न आएकी युवतीको मृत्यु

    काठमाडौं । साथीहरूसँग रारा घुम्न आएकी एक आन्तरिक पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार काठमाडौं महानगरपालिका–धुम्बाराही निवासी अन्दाजी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रहरीका अनुसार घिमिरे चैत १ गते काठमाडौंबाट नेपालगञ्ज उपमहानगरपालिका-२ का शिशिर घिमिरे र विशाल सुवेदीसँग रारा घुम्नका लागि प्रस्थान गरेकी थिइन् । उनीहरू चैत ३ गते रारा पुगेका थिए । 

    चैत ५ गते नेपालगञ्ज फर्किने क्रममा सल्लेरीस्थित डाँफे होटलमै घिमिरेको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएको प्रहरीले जनाएको छ । साथमा रहेको औषधि प्रयोग गर्दा पनि सुधार नआएपछि साथीहरूले उनलाई जिल्ला अस्पताल मुगु पु¥याएका थिए । 

    अस्पतालमा उपचारकै क्रममा चैत ६ गते बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिएका छन् ।

    प्रहरीका अनुसार मृतकको मुचुल्का उठाइसकिएको छ । परिवारको आग्रहअनुसार शवलाई पोष्टमार्टमका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

    रारा क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकहरूमा उच्च भौगोलिक क्षेत्रका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । यसअघि पनि यस्तै कारणले चार जनासम्मको ज्यान गएको स्थानीयहरू बताउँछन् ।   

     

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १२:१३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij