Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

नेपाल जेनजी फ्रन्टको आक्रोश: संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको कडा भर्त्सना

नेपाल जेनजी फ्रन्टको आक्रोश: संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको कडा भर्त्सना


  • 820
    Shares

    नेपाल जेनजी फ्रन्टको आक्रोश: संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको कडा भर्त्सना

    काठमाडौं । नेपाल जेनजी फ्रन्टले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ।

    शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले बिहीबार माइतीघर मण्डलमा जारी शान्तिपूर्ण प्रदर्शनका क्रममा बममाथि भएको दुर्व्यवहार एक सभ्य लोकतान्त्रिक समाजका लागि असह्य रहेको बताएको छ।

    गत भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी समूहहरूले विगत केही समयदेखि माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।

    सहिद र घाइतेहरूको बलिदानीप्रतिको सामूहिक दायित्व बोध गर्दै शान्तिपूर्ण रूपमा आवाज उठाइरहेको अवस्थामा आन्दोलनकारीमाथि नै प्रहार हुनु निन्दनीय रहेको फ्रन्टको ठहर छ।

    विज्ञप्तिमा संयोजक रक्षा बमलाई आन्दोलनको सुरुवाती क्षणदेखि नै विचलित नभई लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा उत्रिने एक निडर नेतृत्वका रूपमा चित्रण गरिएको छ। आन्दोलनभित्र रहने असहमति, पीडा र आक्रोश स्वाभाविक भए पनि त्यसको निशाना आन्दोलनकारी नभई राज्य हुनुपर्नेमा फ्रन्टले जोड दिएको छ। 

    650243310_2147650902678276_7470051093258387564_n.jpg

     

     

    images
    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १२:०६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij