Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

संसद् विघटनविरुद्धको रिट तयार, तर उक्त रिट आज दर्ता नहुने

संसद् विघटनविरुद्धको रिट तयार, तर उक्त रिट आज दर्ता नहुने


  • 5.8K
    Shares

    संसद् विघटनविरुद्धको रिट तयार, तर उक्त रिट आज दर्ता नहुने

    काठमाडौं । विपक्षी गठबन्धनले संसद् विघटनविरुद्धको रिट तयार पारेको छ । आज संसद् भवन बानेश्वरमा भएको छलफलपछि संसद् विघटनविरुद्धको रिट तयार पारेको हो ।

    तर, उक्त रिट आज दर्ता भने नहुने भएको छ । सांसदहरुको हस्ताक्षर संकलन कार्य जारी रहेकाले विपक्षी गठबन्धन संसद विघटनविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालत जाने भएको छ ।

    केही सांसदहरु आउनेक्रम जारी रहेकाले भोली मात्रै संसद पुनःस्थापनाको मागसहित रिट हाल्न सर्वोच्च जाने निर्णय भएको हो नेकपा एमालेकी सांसद सरला यादवले बताइने । नेकपा एमालेका तर्फबाट हालसम्म २० जना सांसदले रिटका लागि हस्ताक्षर गरिसकेका छन् ।

    रिटका लागि प्रतिपक्ष नेपाली काँग्रेस, माओवादी केन्द्रले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । नेपालपक्षसँगै यी दलका सबै सांसदहरुको हस्ताक्षरसहित नेताहरु सोमबार बिहान १० बजे जाने भएका हुन् ।

    सबै सांसदको हस्ताक्षर नसकिएकाले पनि आज रिट दर्ता गर्न नसकिएको कांग्रेस नेता गगन थापाले जानकारी दिए । ड्राफ्ट गर्दा गर्दै ढिलो भएकाले भोलि मात्रै दर्ता हुने उनको भनाइ छ ।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १६:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij