२०८२ माघ १४ गते बुधवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अनुसार बहुमत प्राप्त भयो कि भएन भनेर जाँच्ने एकल अधिकार राष्ट्रपतिलाई रहेको बताएका छन् ।
ओलीले बालुवाटारमा आज संबोधन गर्दै बहुमत दाबीका लागि भरपर्दो आधार भयो कि भएन भनेर जाच्ने अधिकार राष्ट्रपतिलाई मात्रै भएको भन्दै त्यसविरुद्ध कतै पनि उजुरी नलाग्ने बताए ।
“संविधानले राष्ट्रपतिलाई अन्य त्यस्तो अधिकार दिएको छैन । तर, बहुमत सांसदको हास्ताक्षरसहित दाबी गर्दा त्यसको ठोर र भरपर्दो आधार खोज्ने र निर्णय गर्ने अधिकार राष्ट्रपतिलाई छ,” ओलीले भने, “त्यो अधिकार प्रयोग गर्दा कतै पनि उजुरी लाग्दैन ।” उनले राष्ट्रिपतिले आफ्नो अधिकार प्रयोग गरिसकेको भन्दै त्यसका विरुद्ध जानुको साटो आफूलाई लोकतन्त्रवादी भन्नेहरुले निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij