Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारमा उछाल, कारोबार रकम पनि २१ अर्ब २२ करोड नाघ्यो

शेयर बजारमा उछाल, कारोबार रकम पनि २१ अर्ब २२ करोड नाघ्यो


  • 2.0K
    Shares

    शेयर बजारमा उछाल, कारोबार रकम पनि २१ अर्ब २२ करोड नाघ्यो
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ६४.६७ अंकले बढेर २,८७७ को विन्दुमा कायम भएको छ । 

    आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड माथिको शेयर कारोबार भएको छ । 

    सबै समूहका सूचक बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशतले बढेको छ । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशतले बढेको छ ।

    ५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै सान्जेन जलविद्युतको ८, माथिल्लो तामाकोशीको ७.५३, एनआईसी एसिया बैंकको ६.०९, सिटिजन्स बकैंकको ५.८३ तथा माछापुच्छ्रे बैंकको ५.५८ प्रतिशत मूल्य बढेको छ।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावरकम्पनीको ६७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    5.JPG

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १५:१९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij