Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सर्वोच्चमा रिट हाल्न विपक्षी दलका सांसद हस्ताक्षर गर्दै, संसद् विघटनको निर्णय खारेजीको माग गर्ने

सर्वोच्चमा रिट हाल्न विपक्षी दलका सांसद हस्ताक्षर गर्दै, संसद् विघटनको निर्णय खारेजीको माग गर्ने


  • 5.2K
    Shares

    सर्वोच्चमा रिट हाल्न विपक्षी दलका सांसद हस्ताक्षर गर्दै, संसद् विघटनको निर्णय खारेजीको माग गर्ने

    काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले रिटको तयारी गरिरहेका छन् । सामूहिक रूपमा सर्वोच्च अदालतमा रिट दायर गर्न रिटलाई अन्तिम रूप दिने र सांसदहरूको हस्ताक्षर सङ्कलन गर्ने काम भइरहेको विपक्षी दलहरूले बताएका छन् ।

    अहिले संसद् भवन नयाँ बानेश्वरमा हस्ताक्षर सङ्कलन भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउने एक सय ४९ जनाकै हस्ताक्षर सङ्कलन गर्ने र त्यो नभए पनि बहुमत सांसदको हस्ताक्षर सङ्कलन गर्ने तयारीमा विपक्षी गठबन्धन रहेको छ ।

    राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै एक सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई बुझाएको थियो । तर प्रधानमन्त्रीले पनि आफूलाई एक सय ५३ जना सांसदको समर्थन रहेको भन्दै निवेदन पेस गरेपछि राष्ट्रपतिले मध्यरातमा संसद् विघटन गर्नुभएको थियो ।

    तर प्रधानमन्त्रीले सांसदहरूको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै त्यसको छानबिन गर्न विपक्षी दलले माग गरेका छन् । 

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १४:५८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij