Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खनाल-नेपालसहित ११ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

खनाल-नेपालसहित ११ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण


  • 5.8K
    Shares

    खनाल-नेपालसहित ११ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

    शनिबार बालुवाटरमा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

    शनिबारको बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

    एमालेले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये ११ लाई मात्रै स्पष्टीकरण सोधेको हो । उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । 

    स्पष्टीकणमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदाँ संसद् बैठकमा अनुपस्थित हुनुको कारण, राष्ट्रिय सभामा विपक्षी पार्टीका उमेदवारलाई भोट हाल्ने र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुको कारण मागिएको तामाङले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १४:२५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij