Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई रविको निर्देशन

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई रविको निर्देशन


  • 1.1K
    Shares

    गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई रविको निर्देशन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई पुरानो राजनीतिक संस्कार त्याग्न र गुटबन्दीमा नलाग्न निर्देशन दिएका छन् । 

    सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूको मुख्य काम कानुन निर्माण गर्नु रहेको भन्दै स्वार्थ समूहको पछि नलाग्न सचेत गराएका हुन् । पुराना राजनीतिक दलहरूले जस्तै आफूलाई केन्द्रमा राखेर राजनीति गरे रास्वपाको हविगत पनि उनीहरूको भन्दा नराम्रो हुने चेतावनी दिएका छन् । 

    देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको भन्दै उनले मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत सपनाको भारी यो समाजले नबोक्ने स्पष्ट पारेका छन्। देशमा विचौलियाहरूको बिगबिगी रहेकोतर्फ सचेत गराउँदै उनले कुनै पनि विचौलियासँग साँठगाँठ गर्नु वा चिया खानुअघि आफ्नो छोरा गुमाएर संसदमा पुगेकी ‘शहीदकी आमा’लाई सम्झन सांसदहरूलाई आग्रह गरेका छन् । 

    जनताले पुराना दलहरूलाई ३६ वर्ष कुरे पनि रास्वपालाई ३६ महिना वा ३६ दिन पनि कुर्ने धैर्यता नभएको यथार्थलाई बुझ्न उनले आग्रह गरेका छन् ।   

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १४:४७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij