Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महन्थ र राजेन्द्रसहित ४ नेतालाई स्पष्टीकरण सोध्ने जसपाको निर्णय

महन्थ र राजेन्द्रसहित ४ नेतालाई स्पष्टीकरण सोध्ने जसपाको निर्णय


  • 6.9K
    Shares

    महन्थ र राजेन्द्रसहित ४ नेतालाई स्पष्टीकरण सोध्ने जसपाको  निर्णय

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ जना नेतालाई स्पष्टीकरण सोधेको छ । 

    जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य मोहम्मद इश्तियाक राईले बताए । “पार्टीको निर्णय विपरित काम गरेकाले केन्द्रीय कार्यकारिणी समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो,” राईले भने । 

    जसपाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय विपरित प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएको चारै नेतामाथि आरोप लगाइएको छ । त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदममा सहयोग गरेको आरोप जसपाले लगाएको छ । 

    अध्यक्ष उपेन्द्र महतोको अध्यक्षमा बसेको बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भटटराई, वरिष्ठ नेता अशोक राईलगायत उपस्थित थिए । बैठकमा नेता राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा ३१ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य उपस्थिति थिए । जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य रहेका छन् । 

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १२:१८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij