Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

शिखर पावरको आइपीओ बाँडफाँट, यी लिंकबाट हेर्नुहोस् नतिजा

शिखर पावरको आइपीओ बाँडफाँट, यी लिंकबाट हेर्नुहोस् नतिजा


  • 421
    Shares

    • images
    शिखर पावरको आइपीओ बाँडफाँट, यी लिंकबाट हेर्नुहोस् नतिजा

    काठमाडौं । शिखर पावर डेभलपमेन्टको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज  आइपीओ बाँडफाँट गरिएको हो।

    शिखर पावरले गत फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ४२ हजार ६०० कित्ता आइपीओ जारी गरेको थियो।

    ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आइपीओमा २६ लाख ८७ हजार ३४७ आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयर माग भएको थियो। 

    जसमा २६ लाख ५० हजार ८४७ आवेदकबाट माग भएको २ करोड ८३ लाख ९४ हजार ७९० कित्ता शेयर सदर भएको छ। बाँकी ३६ हजार ५०० आवेदकबाट माग भएको ४ लाख २२ हजार २०० कित्ता शेयर बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेका कारण उक्त आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ८४ हजार २६० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने २४ लाख ६६ हजार ५८७ आवेदकको हात खाली भएको छ।

    आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुने भएको छ। नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धक :  https://www.globalimecapital.com/results , मा  हेर्न सकिन्छ।

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १०:५६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij