Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

चीनमा 'क्रस–कन्ट्री 'दौडमा सहभागी २१ जनाको मृत्यु, ८ घाइते

चीनमा 'क्रस–कन्ट्री 'दौडमा सहभागी २१ जनाको मृत्यु, ८ घाइते


  • 6.1K
    Shares

    चीनमा 'क्रस–कन्ट्री 'दौडमा सहभागी २१ जनाको मृत्यु,  ८ घाइते
    images

    चीनमा अचानक मौसम खराब हुँदा एक दौड प्रतियोगितामा कुदिरहेका कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

    बीबीसीका अनुसार पश्चिमोत्तर चीनको एक पहाडी भेगमा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका २१ व्यक्ति मृतावस्थामा फेला परेका हुन् ।

    चीनको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार येलो रिभर स्टोन फरेस्टमा आयोजित दौड प्रतियोगिता भइरहेका बेला आँधीसहित वर्षा भएको थियो ।

    सय किलोमिटर दूरीको दौडमा १७२ धावक सहभागी थिए । खोजी तथा उद्धारका क्रममा आइतबार २१ वटा शव फेला पारेका हुन् ।बाँकी १५१ धावक भने जीवितै फेला पारिएको चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन् । तीमध्ये ८ जना घाइते छन् । एजेन्सी

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - ११:५३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij