२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij