२०८२ माघ ८ गते बिहिवार
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री बन्न बहुमत पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी खारेज गरेकी छन्।
राष्ट्रपति कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (९५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन।’
भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी हुन्।
मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दै नयाँ निर्वाचनको मिति सिफारिस गरेको थियो।
यस अघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री बन्न बहुमत पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी खारेज गरेकी थिइन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij