Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

देउवाको दाबी बुझ्दै राष्ट्रपतिले भनिन् - प्रधानमन्त्रीको पनि दावी छ, म परामर्श गर्छु

देउवाको दाबी बुझ्दै राष्ट्रपतिले भनिन् - प्रधानमन्त्रीको पनि दावी छ, म परामर्श गर्छु


  • 5.9K
    Shares

    देउवाको दाबी बुझ्दै राष्ट्रपतिले भनिन् - प्रधानमन्त्रीको पनि दावी छ, म परामर्श गर्छु

    काठमाडौँ । १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन पनि हेर्ने बताएकी छन् । 

    माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दावी गर्न आएको भन्दै आफूले कानुन हेर्ने बताएकी हुन् । 'हामीले हस्ताक्षरसहितको दावी प्रस्तुत गर्‍यौं । उहाँले धेरै बोल्नुभएन । म कानुन पनि हेर्छु, प्रधानमन्त्री पनि दाबी गर्न आउनुभएको छ भन्नुभयो,' श्रेष्ठले भने ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् । तर, विपक्षी गठबन्धनले भने ओलीले सांसदहरुको हस्ताक्षर पेश नगरेकाले उनको दावीको अर्थ नहुने बताएका छन् ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १७:२६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij