Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री ओली शीतल निवासबाट बाहिरिए

प्रधानमन्त्री ओली शीतल निवासबाट बाहिरिए


  • 7.3K
    Shares

    प्रधानमन्त्री ओली शीतल निवासबाट बाहिरिए

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिरिएका छन् । शुक्रबार दिउँसो ३ बजेर ३२ मिनेट जाँदा शीतल निवास पुगेका ओली करिब ४० मिनेट बसेर बाहिरिएका हुन् । 

    विपक्षी दलले सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय जाँदै गर्दा प्रधानमन्त्री ओली पनि त्यहाँ पुगेका थिए ।

    विपक्षी दल कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेको माधवकुमार नेपालसमूहका १४९ सांसदको हस्ताक्षरसहित नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

    राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १६:३२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij