Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवासमा

प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवासमा


  • 7.9K
    Shares

    प्रधानमन्त्री ओली  राष्ट्रपति कार्यालय शितल निवासमा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति कार्यालय शितल निवासमा पुगेका छन् । उनी नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धनभन्दा पहिले नै शितल निवास पुगेको बताइएको छ ।

    जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको एक सांसदले बताए ।

    'हामीले चाहिने जति हस्ताक्षर हिजै बुझाइसकेका छौं । प्रधानमन्त्री ओली त्यही लिएर जानुभयो होला । राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ होला,’ ती सांसदले भने ।  

    यता विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास गएका छन् । उनलाई एमालेका २७ र जसपाका १३ सांसदले साथ दिएका छन् । 

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १६:१७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij