Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

देउवालाई प्रधानमन्त्री ओलीको फोन- आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव

देउवालाई प्रधानमन्त्री ओलीको फोन- आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव


  • 6.8K
    Shares

    देउवालाई प्रधानमन्त्री ओलीको फोन- आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सहमतिको सरकारका लागि प्रस्ताव गरेका छन् । शुक्रबार बिहान फोन गरेर उनले यस्तो प्रस्ताव गरेका हुन् ।

    उनले देउवासमक्ष आफ्नो नेतृत्वमा सरकार बनाउन नभए आफूलाई समर्थन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले भने,  'मैले बिहान फोन गरेर उहाँलाई सरकार बनाउन सकेमा प्रतिपक्षको भूमिकामा रचानात्मक सहयोग गर्ने बताएँ । त्यसो हुन नसकेमा मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको छु ।'

    देउवाले सरकार बनाए शान्त, सौम्य भएर सहयोग गर्ने बताए। आफ्नो नेतृत्वलाई समर्थन गरेर राष्ट्रिय सरकार बनाउँदै संकटविरुद्ध लड्न एक हुन सकिने विकल्प पनि दिएको बताए । 

    यसबाहेकको विकल्पसमेत प्रस्तुत गरेमा आफू सहमत भएको बताए । तर अरु दलले राजनीतिलाई विभाजन र घृणातर्फ लैजान खोजिरहेको बताए ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १३:४७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij