२०८२ फाल्गुण १५ गते शुक्रवार
काठमाडौं । डलर भन्दै कागजको बिटो थमाएर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ५१ वर्षीय देव बहादुर तामाङ छन् ।
तामाङलाई प्रहरी वृत्त स्वयभूको टोलीले पक्राउ गरेको छ । सस्तो दरमा डलर साटिदिन्छु भन्दै बोलाएर कागजको बिटो थमाएर ठगी गरेको आरोप रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij