Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पदाधिकारी बैठक सकिएलगत्तै विपक्षी दलसँग छलफलमा जुटे देउवा, बुढानिलकण्ठमा प्रचण्डसँग बैठक जारी

पदाधिकारी बैठक सकिएलगत्तै विपक्षी दलसँग छलफलमा जुटे देउवा, बुढानिलकण्ठमा प्रचण्डसँग बैठक जारी


  • 7.1K
    Shares

    पदाधिकारी बैठक सकिएलगत्तै विपक्षी दलसँग छलफलमा जुटे देउवा, बुढानिलकण्ठमा प्रचण्डसँग बैठक जारी

    काठमाडौं । बदलिँदो राजनीतिक परिस्थितिमा कसरी अगाडी बढ्नेरु भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेताहरुसँग छलफल थालेका छन्। पदाधिकारी बैठक सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास पुगेका छन्।

    अहिले बैठक जारी रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवासँग छलफलका लागि बुढानिलकण्ठमा प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ पनि पुगेका छन्। उक्त बैठक सकेपछि देउवाले जसपाका नेताहरु र माधव नेपालसँग छलफल गर्ने तयारी गरेको छ।

    यसअघि नयाँ सरकार गठनमा सहभागी हुने वा सरकारविरुद्ध जानेबारेमा नेपाली कांग्रेसले अन्य दलसँग छलफल गरेर मात्र निष्कर्णमा पुग्ने निर्णय गरेको छ। आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई धारा ७६९५० को साहरा लिएकोमा काँग्रेस बैठकले विरोध जनाएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। अब कांग्रेसले के गर्छ तरु जवाफमा सहमहामन्त्री महतले भने, 'अन्य दलसँग पनि आजै छलफल हुन्छ। छलफलबाट आउने निष्कर्ष अनुसार रणनीति तय गरेरर अघि बढ्छौ।'

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको थियो। कांग्रेसले लोकतन्त्र रक्षाका लागि सबै विकल्पमा छलफल गर्नेसमेत महतले बताए। 'सबै विकल्पमा छलफल गर्छौ। लोकतन्त्र जोगाउन ओली प्रवृत्ति विरुद्ध कुन बाटो अख्तियार गर्दा हुन्छ। त्यसको बारेमा छलफल गर्छौ। आजै टुंगोमा पुग्छौ,' उनले भने।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - ११:५२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij