Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

पशुपतिका तत्कालीन सदस्यसचिव थापासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

पशुपतिका तत्कालीन सदस्यसचिव थापासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै


  • 631
    Shares

    पशुपतिका तत्कालीन सदस्यसचिव थापासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा। मिलन कुमार थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । 

    विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल,उमेश कोइराला र विदुर कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ ।

    पशुपतिको शवदाह मेसिन खरिद प्रकरणमा सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।उनीहरुले भारतीय रुपैयाँ ३२ लाख ५० हजार पर्ने शवदाह मेशीनलाई नेपाली रुपैयाँ १ करोड ५२ लाख पर्ने देखाई एवं प्रचलित कानुनले दिएको छुटसमेत लागत अनुमानमा जोडेर अस्वाभाविक रूपले बढी लागत अनुमान तयार गरेको अभियोग छ ।

    सो मुद्दामा सदस्य सचिव डा।थापासहित तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरु पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरीलगायतलाई प्रतिवादी बनाइएको छ ।

     

    images
    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १२:३४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij