Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठकसँग प्रदीप अधिकारीको ‘कनेक्सन’

हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठकसँग प्रदीप अधिकारीको ‘कनेक्सन’


  • 617
    Shares

    हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठकसँग प्रदीप अधिकारीको ‘कनेक्सन’

    काठमाडौं । अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् । 

    अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनको सहयोगमा उनलाई माघ २८ मा प्रहरीले पक्राउ गरेर नेपाल ल्याइएको थियो । 

    प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    पाठक र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बिचमा ‘कनेक्सन’ देखिएको छ । अधिकारी अहिले भ्रष्टाचार मुद्दामा पुर्पक्षको लागी कारागार कार्यालय डिल्लीबजारमा छन् । 

    अख्तियारले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भएको अनियमितातबारे आफुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको सुराक पाएपछि अधिकारीले अख्तियार प्रमुख राईलाई धम्क्याउन पाठकलाई ‘प्रयोग’ गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताएका छन् । 

    पाठकले धम्क्याएर सामाखुसी स्थित एक डेन्टल कलेज सञ्चालकसँग पनि ५ लाख नगद लिएको भेटिएको छ । ती कलेज सञ्चालकले प्रहरीमा जाहेरी दिएका छैनन् । अनुसन्धान अधिकृतहरूका अनुसार पाठकले विभिन्न देशमा पुगेर धम्की दिँदै २ करोड भन्दा धेरै रकम असुलेको भेटिएको छ ।

    पाठकको मोबाइल परीक्षणको लागि डिजिटल फरेन्सिक ल्यावमा पठाइएको काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - १४:२५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij