२०८२ फाल्गुण ५ गते मंगलवार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको ६५ लाख ६३ हजार बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा कृषि विकास बैंक, शिवम सिमेन्ट र आशा लघुवित्त वित्तीय संस्थाको कुल ६५ लाख ६३ हजार ५४४.०३ कित्ता बोनस शेयर थपिएको हो।
जसमा कृषि विकास बैंकको ४५ लाख २ हजार ९४७.९० कित्ता, शिवम सिमेन्टको १३ लाख ६४ हजार २०२.१६ कित्ता र आशा लघुवित्तको ६ लाख ९६ हजार ३९३.९७ कित्ता बोनस शेयर रहेका छन्।
यी सबैको अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरिएको बोनस शेयर रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij