२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । रुकुम पश्चिममा एक व्यक्तिको शव फेला परेको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो ।
त्रिवेणी गाउँपालिका(२ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत सोही वडास्थित रुघा खोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् ।
स्थानीयले आज बिहान खोलामा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोला तर्ने क्रममा चिप्लिएर लडेको हुनसक्ने र निस्किन नसकेपछि डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताएका छन् ।
कठायतको शव भेटिएको खोला बगाउन सक्ने खालको भने छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij