२०८२ माघ २९ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.०४ अंकले घटेर २,६६२ को विन्दुमा कायम भएको छ ।
आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६९ करोडको शेयर कारोबार भएको छ ।
हिजोको तुलनामा आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । हिजो ८ अर्ब ६१ करोडको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। बाँकी उपसमूहहरुको परिसूचक यस दिन सामान्य अंक घटेको छ।
आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको ६२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सिंगटी हाइड्रोपावरका लगानीकर्ताले ८.६८ प्रतिशतका दरले कमाएका छन् । आँखुखोला जलविद्युतका इकाईधनीले ७.२१ प्रतिशतका दरले कमाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij