Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित


  • 932
    Shares

    सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सरकारी पक्षबाट स्थगित गराइएको छ ।

    उक्त भ्रष्टाचार मुद्दा विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जनालाई केन्द्रका लागि ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ हानी पुर्‍याएको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

    पौडेललगायतविरुद्ध आर्थिक वर्ष ०७६\७७ मा केन्द्रले प्रकाशन गरेको बोलपत्रमा स्पेसिफिकेसनमा उल्लेख गरिएको भन्दा कम क्षमताको प्रोसेसर जडान गरी भ्रष्टाचार गरेको आरोप छ ।  

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १४:५६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij