Logo

२०८२ माघ २७ गते मंगलवार

२०८२ माघ २७ गते मंगलवार

एक रुपैयाँ, एक स्कुटर ! दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा

एक रुपैयाँ, एक स्कुटर ! दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा


  • 617
    Shares

    एक रुपैयाँ, एक स्कुटर ! दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा

    काठमाडौं । एक रुपैयाँको साधारण खरिदले जीवन बदल्ने जित दिलाउन सक्छ भन्ने उदाहरण बनेकी छिन् ललितपुर हरिसिद्धी निवासी आश्मा दाहाल । दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११को ‘१ रुपैयाँ डिल’ अन्तर्गत आश्मा दाहालले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्दै दराज ११.११ “द बिगेस्ट सेल अफ दि इयर” को ग्राण्ड प्राइज विजेता बन्न सफल भइन् । 

    दराज ११.११ अभियान नोभेम्बर १०को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो । यस अभियान अवधिभर ग्राहकहरूको अत्यधिक सहभागिता पश्चात यसलाई नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो । अभियानको नियमानुसार १ रुपैयाँ डिलका सामग्रीहरू सफलतापूर्वक अर्डर गर्नुका साथै सबैभन्दा धेरै डेलिभर भएका अर्डर पूरा गर्ने र न्यूनतम १०,००० रुपैयाँ खरिद मापदण्ड पूरा गरेपछि आश्मा दाहाल ग्रान्ड प्राइजका लागि छनोट भएकी थिइन् ।

    ग्राण्ड प्राइज: एथर रिज्टा ईलेक्ट्रिक स्कुटर

    दराज ११.११ को ग्रान्ड प्राइजका रूपमा प्रदान गरिएको एथर रिज्टा इलेक्ट्रिक स्कुटर दैनिक प्रयोग र स्मार्ट शहरी यात्रालाई विशेष ध्यानमा राखेर डिजाइन गरिएको एथर इनर्जीको परिवारमैत्री स्कुटर हो । फराकिलो डिजाइन, उन्नत सुरक्षा फिचर्स, स्मार्ट ड्यासबोर्ड र सहज राइडिङ अनुभवका कारण एथर रिज्टा दिगो र व्यवहारिक इलेक्ट्रिक मोबिलिटीको नयाँ मानकका रूपमा परिचित छ । यसले गर्दा दराजको ११.११ अभियानको ग्रान्ड प्राइजका रुरुपमा एथर रिज्टाले अभियानलाई अझ विशेष बनाएको छ ।

    १ रुपैयाँ डिल ग्रान्ड प्राइजसँगै, दराज नेपालले ११.११ अवधिमा सञ्चालन गरिएका अन्य आकर्षक उपहार योजनाका विजेताहरूको पनि घोषणा गरेको छ । राजविराजका सुवास विश्वकर्माले बिग डिजिटलद्वारा प्रायोजित एक जनाका लागि थाइल्याण्ड यात्रा जिन्नु भएको छ । काठमाण्डौको कमलादीकी निकिता श्रेष्ठले एस्टाबेरीद्वारा प्रायोजित एक जोडीका लागि होटल कन्ट्री भिल्लामा बसाइ जित्नु भएकी छिन् । त्यसैगरी, कुलेश्वर काठमाडौँकी नम्रता सापकोटा, लहानकी कृपा शाही ठकुरी, बुटवलकी अलिशा श्रेष्ठ, ललितपुरकी शिवानी मिश्र तथा कोटेश्वर काठमाडौँका अभिषेक पौडेलले डा. शेठ्सद्वारा प्रायोजित एक–एक जोडीका लागि यती रुपाकोटको बसाइ जित्नु भएकाछन् ।

    यस अवसरमा दराज नेपालका प्रवक्ताले, ११.११ अभियानले पुनः एकपटक ग्राहकहरूका लागि केवल छुट मात्र नभई अर्थपूर्ण मूल्य र सम्झनलायक अनुभव प्रदान गर्ने दराजको प्रतिबद्धता प्रमाणित गरेको बताए । उनले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ रोमाञ्चक तथा नविन अभियानहरू ल्याइने जानकारी समेत दिए ।

    सदराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

     

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १६:५५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij