Logo

२०८२ माघ २७ गते मंगलवार

२०८२ माघ २७ गते मंगलवार

आज पनि बढ्यो सुन चाँदीको भाउ, प्रतितोला कति ?

आज पनि बढ्यो सुन चाँदीको भाउ, प्रतितोला कति ?


  • 862
    Shares

    आज पनि बढ्यो सुन चाँदीको भाउ, प्रतितोला कति ?

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो।

    अघिल्लो दिन आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेर तोलामा ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको जनाएको छ।

     

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १०:५९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij