२०८२ माघ २० गते मंगलवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले बढेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर तोलामा ५३ सय ३५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५२ सय रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij