२०८२ माघ १९ गते सोमवार
काठमाडौं । बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको तीन सातामा १ करोड ३६ लाख कमाउन सफल भएको छ । प्रदर्शनको दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस रहेको थियो ।
फिल्मले तेस्रो शनिबारसम्म आफ्नो आम्दानी १ करोड ३६ लाख २० हजार ८६६ पुर्याएको छ । यो अवधिमा फिल्मको टिकट भने ४८ हजार ५३ वटा बिक्री भएका छन् ।
निर्देशक श्रेष्ठकै लगानी र मुख्य भूमिका समेत रहेको फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ । आमाको सपना पूरा गर्न गाउँदेखि सहरमा आएको पात्रले गर्ने सङ्घर्ष र उतार चढावको कथावस्तु यसमा समावेश छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij