२०८२ माघ १८ गते आइतवार
काठमाडौं । लोकप्रिय कलाकारहरु सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोज’, सुनिसा बजगाईं ‘सीता’ र जुनु एस.डी.को सहकार्यमा गायक तथा सर्जक मदन ढकालको अर्को गीत ‘मुग्लिन’ भर्खरै सार्वजनिक भएको छ ।
‘बले इन्टरटेन्मेण्ट’ युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीत २४ घण्टा नबित्दै सामाजिक संजालमा भाइरल बनेको छ । नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका मनोमोहक दृश्यहरु समेटेर बनाइएकोले गीत अत्यन्तै राम्रो बनेको छ ।
घनश्याम खत्रीको संगीत, आशिष अविरलको संगति संयोजन र मदन ढकालको शब्दमा मदन ढकाल तथा दिपीका बयम्बुको स्वर रहेको उक्त गीतको निर्देशन जेरी भण्डारीले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन सुजन कोइरालाले गरेका हुन् ।
चलचित्र क्षेत्रका व्यस्त तथा लोकप्रिय नायक तथा नायिकाद्वारा अभिनित यो गीत साँच्चै नै हेर्न लायक बनेको गीतका रचनाकार, मोडल तथा गायक मदन ढकालले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij