Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

आजदेखि खुल्यो सूर्यकुण्ड हाइड्रोको आईपीओ

आजदेखि खुल्यो सूर्यकुण्ड हाइड्रोको आईपीओ


  • 575
    Shares

    आजदेखि खुल्यो सूर्यकुण्ड हाइड्रोको आईपीओ

    काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गर्न लागेको हो। 

    कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ।  उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।  सूर्यकुण्ड हाइड्रोको आइपीओ निष्कासन बन्द छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गते हुनेछ। 

    आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखासँगै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ। बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।   

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - ११:२५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij