२०८२ माघ १८ गते आइतवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख रुपैयाँमा कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर तोलामा ५ हजार ५ रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij