Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शेयर बजारमा दोहोरो अंकको गिरावट, साढे १४ अर्ब बराबरको कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, साढे १४ अर्ब बराबरको कारोबार


  • 876
    Shares

    शेयर बजारमा दोहोरो अंकको गिरावट, साढे १४ अर्ब बराबरको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १७.५३ अंकले घटेर २,७१४ को विन्दुमा कायम भएको छ । 

    आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५६ करोडको शेयर कारोबार भएको छ । 

    समूहगत रुपमा आज सबैभन्दा धेरै विकास बैंक परिसूचक २.२३ प्रतिशत र म्यानुफ्याक्चरिङ क्षेत्रको २.१२ प्रतिशत मूल्य घटेको छ । हाइड्रो, इन्भेष्टमेन्ट र म्युचुअल फण्डका सूचक घटेको छ । 

    हिमालयन दोलखा हाइड्रोपावरको शेयर मूल्य ९.२३ प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोपावरको ९.१९ प्रतिशतले बढेको छ । यस्तै कालिका पावरको मूल्य ८.३२ प्रतिशतले वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको ५२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएको छ ।  

    14.JPG

    images
    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १५:४०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij