Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कामनपाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने

कामनपाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने


  • 484
    Shares

    कामनपाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी गराएका हुन् । 

    धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् । नगर प्रहरी प्रमुख जोशीले काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन पनि चेतावनी दिएका छन् । 

    अहिले धेरै कुराहरु नियन्त्रणमा आइसकेकाले अब मनिटरिङ मात्रै गरे पुग्ने र सबैसँग सभ्य र नरम भाषामामा बोल्न सुझाव दिएका छन् ।
     
    उनले भने, ‘शक्तिकेन्द्र धाउने काम कम गरौँ । अहिले गर्ने क्रियाकलापमा फोकस हौँ । फुटपाथ पार्किङमा एकदम फोकस हुनुपर्नेछ । धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान दिनुपर्नेछ । धेरै कुरा नियन्त्रणमा आइसकेको छ, सुधार पनि भएको छ । अब यसलाई मनिटरिङ मात्रै गर्ने हो । फुटपाथ र पार्किङमा विशेष ध्यान दिऔँ । बोल्दा मिठो बोल्नुस् । कसैलाई तँ नभन्नुस् । सबैसँग बोल्दा सम्मानजनक हिसावले बोल्नुस् । भाषा नरम हुनुपर्छ । ’

    उनले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन,  विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि बताएका छन् । 

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - ११:३८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij