Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काँग्रेस महामन्त्री पौडेलले गराए काठमाडौं–५ मा मनोनयन दर्ता

काँग्रेस महामन्त्री पौडेलले गराए काठमाडौं–५ मा मनोनयन दर्ता


  • 883
    Shares

    काँग्रेस महामन्त्री पौडेलले गराए काठमाडौं–५ मा मनोनयन दर्ता

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 
     
    पौडेलले यसअघि २०७९ मा भएको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेद्वार भएर जित हासिल गरेका थिए । काठमाडौ– ५ मा नेकपा एमालेले ईश्वर पोखरेललाई उम्मेद्वार बनाएको छ । गत निर्वाचनमा पनि पौडेल र पोखरेलबीच नै प्रतिष्पर्धा भएको थियो । यसपटक पनि पौडेल र पोखरेल आमने–सामने भएका छन् । 

    यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ । शीर्ष नेताहरुको प्रतिष्पर्धा हुने भएकोले काठमाडौ क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मंगलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १६:३४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij