Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तातोपानीबाट थप ६८० थान अक्सिजन सिलिन्डर नेपाल भित्रियो

तातोपानीबाट थप ६८० थान अक्सिजन सिलिन्डर नेपाल भित्रियो


  • 5.3K
    Shares

    तातोपानीबाट थप ६८० थान अक्सिजन सिलिन्डर नेपाल भित्रियो

    काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै चीनबाट थप ६ सय ८० थान अक्सिजन सिलिन्डर नेपाल भित्रिएका छन् ।

    तातोपानी भन्सार कार्यालयबाट मंगलबार ६ सय थान सिलिन्डरसहितका स्वास्थ्य सामग्री पास भएको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

    ४० लिटर क्षमताका ती सिलिन्डर आजै साँझ काठमाडौं आइपुग्नेछन् । यसअघि सोमबार १० लिटर क्षमताका २५ सय सिलिन्डर काठमाडौं ल्याइएको थियो ।

    यी सिलिन्डर चीनबाट नेपाली व्यापारीले ल्याएका हुन्। भन्सार कार्यालयले स्वास्थ्य सामग्री द्रुतगतिमा पास गर्ने व्यवस्था गरेको छ ।चीनबाट निरन्तर स्वास्थ्य सामग्री आइरहेकाले भन्सारमा चुस्त व्यवस्थापन गरिएको प्रमुख गौतमले बताए ।

    दोस्रो चरणको कोरोना उच्च जोखिममा देखिएपछि व्यवसायीले मास्क, स्यानिटाइजर, ग्लोब्स, पीपीईलगायतका स्वास्थ्य सामग्री ल्याएका हुन् । सरकारले पनि चीनबाट १८ हजार अक्सिजन सिलिन्डर सोही नाका हुँदै स्थलमार्गबाट ल्याउने तयारी गरेको छ 

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १४:३१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij