Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

शुक्रबार र शनिबार यी स्थानमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

शुक्रबार र शनिबार यी स्थानमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह


  • 799
    Shares

    • images
    शुक्रबार र शनिबार यी स्थानमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार र शनिबार लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने भन्दै सतर्क रहन सुझाव दिएको छ । 

    विभागले बिहीबार मौसम पूर्वानुमान गर्दै चैत ६ गते शुक्रबार लुम्बिनीका दाङ र बाँकेको नेपालगन्ज सहितका स्थानमा तीव्र हावाहुरी चल्ने जनाएको हो । 

    त्यसैगरी विभागले शनिबार कोशी प्रदेशका मोरङको विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्र तथा जिल्लाहरूमा पनि तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।

    हावाहुरीको गति झन्डै ३३ मिटर प्रति सेकेन्ड (करिब ११९ किलोमिटर प्रतिघण्टा) पुग्न सक्ने विभागको अनुमान छ ।

    हावाहुरीको कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

    650020300_902656942640447_3651670666729598493_n_VVstn4IjuL.png

     

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १४:२६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij