Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शेयर बजारमा सामान्य गिरावट, काराेबार रकम भने साढे ६ अर्ब नजिक

शेयर बजारमा सामान्य गिरावट, काराेबार रकम भने साढे ६ अर्ब नजिक


  • 1.5K
    Shares

    शेयर बजारमा सामान्य गिरावट, काराेबार रकम भने साढे ६ अर्ब नजिक

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.५४ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । 

    आज ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोडको शेयर कारोबार भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१६ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै एसवाई प्यानलको ४२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने राधि विद्युत कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    28.JPG

    images
    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १५:२४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij