२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २१० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४९ सय ९० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलामा ४७ सय ८० रुपैयाँमा पिकनबेच भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij