Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सालपा विकास बैंकको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

सालपा विकास बैंकको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा


  • 764
    Shares

    सालपा विकास बैंकको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं । सालपा विकास बैंकको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा सालपा विकास बैंकको आइपीओ बाँडफाँट गरिएको हो। 

    बैंकले सर्वसाधारणका लागि गत पुस १६ गतेदेखि पुस २० गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता आइपीओ जारी गरिएको थियो।

    आइपीओमा २२ लाख ६५ हजार ९५५ आवेदकबाट माग भएको २ करोड ५४ लाख ७७ हजार २६० कित्ता शेयर सदर भएको छ भने ३६ हजार ८८८ आवेदकबाट माग भएको ४ लाख ५७ हजार ६७० कित्ता शेयर बदर भएको छ। सदर आवेदकमध्ये २१ लाख ५८ हजार ९२६ आवेदकको हात खाली भएको छ।

    मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। तिनैमध्ये ९ जनाले थप १-१ कित्ता शेयर पाएका छन्। आइपीओको रिजल्ट भने तल दिएको लिंकमा गएर हेर्न सकिन्छ । 

    सीडीएस एन्ड क्लियरिङ : https://iporesult.cdsc.com.np/

    मुक्तिनाथ क्यापिट: https://www.globalimecapital.com/#home  

    मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login  

     

    images
    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - ११:१४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij