Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री ओलीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा

प्रधानमन्त्री ओलीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा


  • 6.9K
    Shares

    प्रधानमन्त्री ओलीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै भन्दै परेका रिटमा आज सुनुवाई हुने भएको छ । सो रिटहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा आज हुने भएको हो ।

    वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली,नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता गरेका थिए । 

    वैशाख ३१ गते प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीले प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएको र त्यो पर्दैन भनेको विषय संविधानको विपरित रहेको भन्दै सपथ बदर गर्न रिट परेको हो ।

    रिट निवेदनमा निवेदकहरुले प्रधानमन्त्री ओलीले लिएको सपथमा उच्चारण नै नगर्नु गैरसंवैधानिक भएको र आफु अनुकुल शव्दहरु प्रयोग गर्न नमिल्ने उल्लेख छ । त्यस्तै तत्काल प्रधानमन्त्रीलाई कामकारवाहीबाट रोक्न पनि रिट निवेदकले माग दावी गरेका छन् ।

     

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - ११:३७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij