Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नेप्से र कारोबार रकम दुबै घट्यो

नेप्से र कारोबार रकम दुबै घट्यो


  • 1.4K
    Shares

    नेप्से र कारोबार रकम दुबै घट्यो
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३.३५ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । 

    आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ वटा कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोडको शेयर कारोबार भएको छ । 

    त्यस्तै बैंकिङ ०.२४, विकास बैंक ०.८४, होटल तथा पर्यटन १.४२, हाइड्रोपावर ०.७९, लगानी ०.५४, जीवन बीमा ०.०७, उत्पादन तथा प्रशोधन १.१६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा ०.६० तथा अन्य समूह ०.५३ प्रतिशत घटेको छ ।

    एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत घटेको छ । जीवन विकास लघुवित्तको ६.५९, विन नेपाल लघुवित्तको ५.५३, ट्रेड टावरको ४.६४, दरामखोला हाइड्रोपावरको ४.१३ प्रतिशत मूल्य घटेको छ।

    आज सबैभन्दा धेरै एसवाई प्यानलको २६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    23.JPG

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १५:२९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij