२०८२ भाद्र ३ गते मंगलवार
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सविच प्रेम कुँवरले बताए । कोरोनाका सामान्य लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको उनले जानकारी दिए ।
कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्री भट्ट होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
मुख्यमन्त्री भट्ट सेती प्रादेशिक अस्पतालका चिकित्सको निगरानीमा बसिरहेका छन् । उनको २७ वैशाखमा स्वाब परीक्षण गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij