Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित

गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित


  • 379
    Shares

    गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित

    गोरखा । गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई दोब्बर बढी मतले पछि पार्दै बुर्लाकोटी निर्वाचित भएका हुन् ।

    बुर्लाकोटीले २६ हजार ६६० मत ल्याउँदै गर्दा दवाडीले ११ हजार ८३८ मत मात्र प्राप्त गरेका छन् । ११ हजार ३३० मत ल्याउँदै नेकपाका लेखनाथ न्यौपाने तेस्रो स्थान हासिल गरेका छन् ।

    एमालेका मिलन गुरुङ (चक्रे मिलन) ले भने ३ हजार १८२ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १ लाख ८ हजार ५३३ मतदाता रहेको सो क्षेत्रमा कुल ५७ हजार २५८ मत खसेको थियो । जसमध्ये २ हजार ८८१ मत बदर भएको छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - २०:०७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij