२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४६ सय रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४६ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४५ सय रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij