Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेप्से घट्दा, कारोबार रकम भने बढ्यो

नेप्से घट्दा, कारोबार रकम भने बढ्यो


  • 1.2K
    Shares

    नेप्से घट्दा, कारोबार रकम भने बढ्यो

    काठमाडौं  । आज साताको पहिलो कारेबारको दिन आइतबार  शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २,६१० को विन्दुमा कायम भएको छ । 

    आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोडको शेयर कारोबार भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६९ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै एसवाई प्यानलको ३० करोड ६५ लाख रुपैयाँको शेयर। कारोबार भएको छ  भने बन्दीपुर केबलकारको २२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    20.JPG

    images
    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १५:३२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij