Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बाँडफाँट, १८ जनाले पाए ५१ कित्ता शेयर

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बाँडफाँट, १८ जनाले पाए ५१ कित्ता शेयर


  • 729
    Shares

    • images
    रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बाँडफाँट,  १८ जनाले पाए ५१ कित्ता शेयर

    काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ आज शुक्रबार बाँडफाँट भएको हो।

    धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले ५७ हजार ७९८ कित्ता साधारण शेयर आफ्ना कर्मचारीलाई सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि गत पुस ७ गतेदेखि पुस ११ गतेसम्म बिक्री खुला गरेको थियो।

    क्यापिटलका अनुसार कुल ५ लाख ३२ हजार ८८८ आवेदकले २ करोड ७३ लाख १५ हजार १०० कित्ताका लागि आवेदन दिएका थिए। जसमा कुल ५ लाख १९ हजार ४६ आवेदकबाट माग भएको २ करोड ६६ लाख ३ हजार ७०० कित्ता सदर भएको छ भने १३ हजार ८४२ आवेदकबाट माग भएको ७ लाख ११ हजार ४०० कित्ता बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा सदर आवेदकमध्ये १८ हजार ४९५ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् भने तिनै आवेदकमध्ये ६० कित्ताभन्दा माथि आवेदन दिने १८ जनाले थप १-१ कित्ता शेयर पाएका छन्। सदर आवेदकमध्ये ५ लाख ५५१ जनाको हात खाली भएको छ।

    यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको ‘मेरो शेयर’ मा हेर्न सकिन्छ।

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - ११:१३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij